Thaha

Sunday 22 September - 9:11 pm NST

संविधानबारे प्रचार अभियान शुरु,  एक महिना सम्म चल्ने

काठमण्डौं, २१ मंसिर । 
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले हिमाल पहाड र तराईमा बस्ने सबै समुदायलाई समान अधिकार प्रदान गरेको बताउनुभएको छ । संविधानले मधेशलाई केही पनि दिएन भन्ने भ्रम रहेको भन्दै प्रधानमन्त्री ओलीले संविधान सबैले गर्व गर्न लायक बनेको बताउनुभयो । सरकारले सुरु गरेको संविधान प्रचार अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले संविधान कुनै समुदाय, वा बर्गको पक्ष वा बिपक्षमा नरहेकाले  भ्रममा नपर्न अग्रह गर्नुभयो । संविधानका बारेमा नागरिकलाई जानकारी दिन सरकारले आजदेखि एक महिने अभियान भएको हो ।  

‘नेपालको संविधान ,जनताको संविधान, जनताको संविधान जनताकै माझ’ नाराका साथ शुरु अभियानले जनतालाई संविधानबारे सुसूचित गर्ने, विशेषता बुझाउने र भ्रम निवारण गर्ने उद्देश्य रहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले बताउनुभयो  । मन्त्री कमल थापाले अभियान एक महिना सम्म जिल्ला सदरमुकाम, गाउँ र नगरहरुमा सञ्चालन गरिने बताउनु भयोे । जिल्ला सदरमुकाममा हुने कार्यक्रममा दलका शीर्ष नेता, पूर्र्वप्रधानमन्त्री र सांसदहरु सहभागी हुनेछन् । भने नगर र गाउँमा दलका स्थानीय नेता, नागरिक अगुवा लगायतले अभियान चलाउनेछन् ।

अभियानले संविधानका बारेमा आमनागरिकलाई सुसुचित गराउने र संविधानबारे रहेका भ्रमहरु निवारण गर्ने मन्त्री थापाले बताउनुभयो । राष्ट्रिय अभियान ७५ वटै जिल्ला सदरमुकाम, २ सय १७ नगरपालिका र तीन हजार १ सय ५७ गाविसका केन्द्रमा आगामी पुस २१ गतेसम्म सञ्चालन हुने छ । मन्त्रिपरिषद्को मङ्सिर ८ गतेको निर्णय अनुसार सरकारले अभियान मङ्सिर आजदेखि एक महिनासम्म सञ्चालन गर्न लागेको हो । संविधानको विशेषता मैथली, भोजपुरी, थारु र अवधी भाषामा समेत अनुवाद गरेर वितरण गरिने सरकारले जनाएको छ ।